रोशी खोलाको बाढीमा एक कर्मचारीको मृत्यु, बीपी राजमार्ग अवरुद्ध


२०८२ चैत १४ शनिबार ११:३२ बजे

काठमाडौँ : शुक्रबार साँझ परेको वर्षापछि रोशी खोलामा आएको बाढीले बगाउँदा डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षीय कुन्साङ तामाङको ज्यान गएको हो। प्रारम्भिक अनुसन्धानअनुसार तामाङ बीपी राजमार्गअन्तर्गत निर्माणाधीन सडकमा सुपरभाइजरका रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार राति मोटरसाइकलमा सवार दुई जना खोला तर्ने क्रममा बग्न थालेपछि उनीहरूलाई जोगाउन जाँदा तामाङ आफैं बाढीमा बगेका थिए। बाढीले एक मोटरसाइकल र एउटा गाडीसमेत बगाएको छ।

लगातार वर्षापछि बीपी राजमार्गअन्तर्गत रोशी क्षेत्रका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा यातायात अवरुद्ध भएको छ। शुक्रबार साँझ ६ बजेदेखि भकुण्डे–नेपालथोक सडकखण्डमा लेदोसहितको बाढी र पहिरोले सवारी आवागमन ठप्प भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिरुवाडाँडा, कालढुंगा, चौकीडाँडा र मंगलटार क्षेत्रमा सडक अवरुद्ध भएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७