रोशी खोलामा बहाव बढेपछि बीपी राजमार्ग अनिश्चितकालीन बन्द 


२०८२ चैत १८ बुधबार ०६:५९ बजे

काठमाडौँ : बीपी राजमार्ग मंगलबार बेलुकादेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । अर्को सूचना नआउन्जेलसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो । 

भकुण्डे–नेपालथोक खण्डमा परेको अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अर्को सूचना नआएसम्म उक्त खण्डमा यात्रा नगर्न आग्रह गरिएको छ । यसअघि गएको शुक्रबार पनि रोशी खोलामा आएको बाढीका कारण दुई दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो । 

गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडा-नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि हाल सो क्षेत्रमा खोलामार्फत अस्थायी सडक र डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७