‘मिल्टन आँधी’ का कारण फ्लोरिडामा १६ जनाको मृत्यु


२०८१ असोज २५ शुक्रबार १७:०५ बजे
Photo Credit : Getty Images

काठमाडौं । ‘मिल्टन आँधी’ मा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना ती अधिकारीहरूले व्यक्त गरेको बीबीसीले जनाएको छ । 

फ्लोरिडाको करिब २,००० मानिस बस्ने एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ । बुधबार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी प्रवेश गरेपछि धेरै क्षेत्र डुबानमा परेका छन् । यस बाहेक ३० लाखभन्दा बढी घरमा विद्युत् कटौती भएको छ । फ्लोरिडाको सेन्ट पिटर्सबर्ग लगायतका स्थानमा पिउने पानी छैन ।

मिल्टन आँधीले गरेको विनाशपछि अरु पनि स्थानहरूको पानी आपूर्ति पनि प्रभावित भएको छ । यो आँधी घातक साबित हुन सक्ने र तीव्र हावाले अचानक बाढी निम्त्याउन सक्ने सरकारी निकायहरूले सचेत गराइरहेका छन् । उनीहरूका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७