अधिकांश विदेशी मुद्राको विनिमयदर यस्तो छ


२०८३ भदौ १७ बुधबार ०७:१७ बजे
फाइल फोटो

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कका अनुसार युरो एकको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा तथा पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा तोकिएको छ। त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ३२ पैसा र १०९ रुपैयाँ ७५ पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ०९ पैसा र ११९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा छ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६४ पैसा, साउदी रियालको ४० रुपैयाँ ३९ पैसा र ४० रुपैयाँ ५५ पैसा तथा कतारी रियालको ४१ रुपैयाँ ६० पैसा र ४१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, यूएई दिरामको ४१ रुपैयाँ २९ पैसा र ४१ रुपैयाँ ४५ पैसा तथा मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ५४ पैसा र ३७ रुपैयाँ ६९ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनरको १५ रुपैयाँ ८१ पैसा र १५ रुपैयाँ ८७ पैसा तथा डेनिस क्रोनरको २३ रुपैयाँ ५२ पैसा र २३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनारको ४९३ रुपैयाँ ६७ पैसा र ४९५ रुपैयाँ ६२ पैसा तथा बहराइन दिनारको ४०२ रुपैयाँ १७ पैसा र ४०३ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४० पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैङ्कले तोकेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैङ्कले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७