नेप्से परिसूचकमा ५३ अंकको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो


०६:३९ बजे

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । 

आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह तीन दशमलव ४४, होटल तथा पर्यटन दुई दशमलव ९८ र बैंकिङ दुई दशमलव ३४ प्रतिशतले घटेको छ । त्यसैगरी, विकास बैंक एक दशमलव ८५, जलविद्युत् दुई दशमलव ४०, लगानी एक दशमलव ३३, जीवन बीमा एक दशमलव ४४, उत्पादन तथा प्रशोधन एक दशमलव ८०, लघुवित्त एक दशमलव ८८, निर्जीवन बीमा एक दशमलव २३, व्यापार शून्य दशमलव १९ र अन्य समूह एक दशमलव ०४ प्रतिशतले बढेको छ ।

आज सुपरमाई हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको रु ५२ करोड ३१ लाख १० हजार चार सय ९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको आठ लाख चार हजार आठ सय कित्ता शेयर कारोबार भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७