एमबीबीएस परीक्षामा रौतहटका दुई विद्यार्थी नेपालमै पहिलो र दोस्रो


०६:३८ बजे

रौतहट । शिक्षा, साक्षरतामा देशको ७७ औं स्थान अर्थात पुछारमा रहेका जिल्ला रौतहटका दुई जना विद्यार्थी एमबीबीएसको परीक्षामा नेपालमै क्रमशः पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् । एमबीबीएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले हालै लिएको छनौट परीक्षामा रौतहटका दुई जना विद्यार्थी पहिलो र दोश्रो स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका हुन् ।

शिक्षा मन्त्रालयद्धारा शुक्रवार प्रकाशित नतिजा अनुसार स्थानीय यमुनामाई गाउँपालिका– १, जेठरहिया चिकना गाँउका विधार्थी अनिषराज प्रजापति देशमै पहिलो स्थान (नेपाल टप) र माधवनारायण नगरपालिका फुलवरिया गाउँका अर्का विधार्थी मधुसुदन प्रसाद साहले दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

एमबीबीएस परीक्षामा प्रजापतिले १७८ र साहले १७५.५ अंक ल्याएका छन् । यसअघि गत एसईई परीक्षामा पनि दुर्गा भगवती गाउँपालिकाकी एक जना छात्रा अञ्जली कुमारी झाले ४ जिपिए अंक ल्याएर देशमै उत्कृष्ट बनेका थिए । –न्यूज कारखाना

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७