छ वटा गाडी एकै ठाउँमा दुर्घटना, चार जनाको उपचार हुँदै


२०८१ भदौ १२ बुधबार ०६:३८ बजे

तनहुँ । तनहुँमा ६ वटा सवारी (गाडी) एकै ठाउँमा दुर्घटनामा परेको छ । यी सवारी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आज दिउँसो करिब ३ बजे बन्दीपुर गाउँपालिका १ रिमाल्नीस्थित पृथ्वी राजमार्गमा पोखराबाट डुम्रेतर्फ जाँदै ना ५ ख २०३४ नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएर दुर्घटना भएपछि सो घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ब्रेक फेल भएको बस सुरुमा सोही दिशातर्फ जाँदै गरेको ग ३ ख १३९० नम्बरको ट्रकमा ठोक्किएको थियो । ट्रकमा ठोक्किएपछि अनियन्त्रित भएको बसले फेरि सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नम्बरको बोलेरो जीपलाई ठक्कर दियो भने उक्त बलेरो जीप सोही दिशामा रहेको ग १ ख ९५६१ नम्बरको बसमा ठोक्किएको थियो ।

बोलेरो जीप ठोक्किएपछि बसले ना १ च ८४३४ नम्बरको बलेरो तथा उक्त बलेरोले ना २ ख ३७८९ नम्बरको हाइस गाडीलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दर्घटनामा ग ३ च ८३९० नम्बरको बलेरो चालक २४ वर्षीय नवराज गोले, बलेरोमा सवार ५९ वर्षीय देवीलाल कडेल, ४९ वर्षीया बिमला कंडेल र ना १ च ८४३४ नम्बरको बलेरोका सहचालक ४६ वर्षीय निरतारिख बाबु घाइते भएका छन् । घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७