एनभीएले सार्वजनिक गर्यो वार्षिक क्यालेन्डर, नेपालमा तीन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने
काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले आर्थिक वर्ष २०८३र८४ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको क्यालेन्डरअनुसार नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघ (काभा) अन्तर्गतका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ। काभा महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप (विश्व वरीयता अंकसहित) र काभा च्यालेन्ज कप ९पुरुष० नेपालमा आयोजना हुनेछन्।
नेपालले २०औँ एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने कार्यक्रम पनि क्यालेन्डरमा समावेश गरेको छ। एसियाली खेलकुद जापानमा आयोजना हुनेछ।
राष्ट्रिय प्रतियोगिताअन्तर्गत ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा हुनेछ। त्यस्तै १०औँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग, राष्ट्रिय बीच भलिबल, यू–१९ राष्ट्रिय भलिबल प्रतियोगिता, एभरेस्ट महिला भलिबल लिग र नेपाल भलिबल लिग काठमाडौंमा सञ्चालन गरिनेछ।
यसका साथै यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा प्रशिक्षक ९कोच० कोर्स, मैत्रीपूर्ण खेल र थ्री नेसन्स कपसमेत वार्षिक कार्यक्रमअन्तर्गत समावेश गरिएको छ। नेपालले आयोजना गर्ने काभा महिला च्याम्पियन्स लिग आगामी नोभेम्बर १ देखि ७ सम्म काठमाडौंमा सञ्चालन हुने संघले जनाएको छ।

.gif)

.png)

