टाइगर कप’ भलिबल आजबाट 


२०८२ माघ ९ शुक्रबार ०७:४५ बजे
सांकेतिक तस्बिर

कास्कीः पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन हुने ‘टाइगर कप’राष्ट्रिय÷अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । 

    आयोजक टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा खेल सञ्चालन हुनेछ । आयोजकले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले बताए।

    प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र थाइल्याण्ड क्विन्स थाइल्याण्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, पुरुषतर्फ  विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स भलिबल एशोसियसनले प्रतिस्पर्धा गर्ने अध्यक्ष शर्माले जानकारी दिए।

    प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् । पुरुषतर्फ त्रिभुवन आर्मीले मालदिभ्स भलिबल एशोसियसनको सामना गर्नेछ । यसैगरी, शुक्रबारको तेस्रो खेलमा घरेलु टिम गण्डकी प्रदेश भलिबल सङ्घले सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ । यही माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुष टोलीले समान रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने आयोजक टाइगर ग्रुपका सचिव डिबी नेपालीले जानकारी दिए। 

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पाचौँ संस्करणको टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । प्रतियोगिताले राष्ट्रिय खेल भलिबलको विकासका साथै देशका लागि आवश्यक भलिबल खेलाडी उत्पादन गर्ने आयोजकको विश्वास छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७