दुर्घटनामा बाँचेका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज हुँदै, बोल्न रोक


००:१५ बजे

काठमाडौँ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलटको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । दुर्घटनामा घाइते पाइलट मनिष शाक्यलाई उद्धार गरी सिनामंगलस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल भर्नाको ८ दिनपछि शाक्यलाई डिस्चार्जको तयारी गरिएको अस्पतालकी निर्देशक डा. मिना थापाले जानकारी दिइन् ।

‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । उहाँलाई छिट्टै डिस्चार्ज गर्ने तयारी गरिरहेका छौँ’, उनले सुनाइन्, ‘घरमा पनि उनको उपचारलाई निरन्तरता दिन्छौँ । अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था छैन ।’ सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार चालकदलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्युभएको थियो । सो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल भएका छन् । दुर्घटनाका घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा ल्याई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

आज अस्पतालले क्याप्टेन शाक्यलाई पत्रकारसँग साक्षात्कार गराउने तयारी गरेको थियो । ठूलो संख्यामा सञ्चारकर्मी अस्पतालमा उपस्थित भएका थिए । तर, नागरिक उड्डयन प्राधिकरणले अहिले उनलाई नबोल्न निर्देशन दिएको स्रोतले बताएको छ । दुर्घटनाको विषयमा छानबिन समिति बनेकाले उक्त समितिको प्रतिवेदन नआउँदासम्म बोल्न रोक लगाइएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७