सौर्य एयरलाइन्सका पाँच व्यवस्थापक परे दुर्घटनामा


२०८१ श्रावण ९ बुधबार ०६:०७ बजे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको विमान दुर्घटनामा सौर्य एयरलाइन्सको व्यवस्थापन समूहका पाँच जना परेका छन् । व्यवस्थापन समूहमा रहेका १० मध्ये पाँच जनाले ज्यान गुमाएका हुन् ।

पोखरातर्फ परीक्षण उडान भर्ने क्रममा त्रिभुवन विमानस्थलको धावनमार्ग छोड्ने बित्तिकै विमान दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले १८ जनाको मृत्यु भएको र एक जना उपचार क्रममा रहेको जनाएको छ ।

एअरलाइन्सका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा, सीएएमओ अश्विनकुमार निरौला, मर्मत व्यवस्थापक यज्ञप्रसाद पौडेल र चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य दुर्घटनामा परेका हुन् । क्याप्टेन शाक्यलाई उपचारका लागि अस्पताल लगिएको हो ।

उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भएको र चार जनाको जीवितै उद्धार गरिएको छ । दुर्घटनामा परेको विमानमा सवार अधिकांश सौर्य एअरलाइन्सकै जनशक्ति थिए ।

क्याप्टेन शाक्यको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्य ४ जनाको मृत्यु भइसकेको छ । क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्स उडान सुरु गरेका थिए । क्याप्टेन मनिषरत्न शाक्य २०१२ मा स्रिमिक एयरलाइन्सबाट उडान शुरु गरेका थिए । करिब ३ वर्ष सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरको रुपमा काम गरे । शाक्य २०१४ देखि सिम्रिक एयरलाइन्समा सुरु गरे । पछिल्लो ९ वर्ष ८ महिनादेखि चिफ अफ अपरेसन रहेका छन् । शाक्यले मसुरी मोर्डन र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेका हुन् । 


 

यसरी भयो विमान दुर्घटना 
सौर्य एयरलाइन्सको ९ एन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिसरभित्रै दुर्घटनाग्रस्त भएको छ । चालक दलका सदस्य र एयरलाइन्सका प्राविधिक कर्मचारीसहित १९ जना बोकेर पोखराका लागि उडेको विमान बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा दुर्घटनामा परेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमान उड्ने बित्तिकै दुर्घटनामा परेको थियो । ‘पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको,’ केन्द्रको विज्ञप्तिमा भनिएको छ । तत्कालै उद्धार कार्य शुरू गरी आगो नियन्त्रणमा लिइए पनि १८ जनाको शव संकलन गरिएको तथा एक घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको विज्ञप्तिमा उल्लेख छ । विमानमा सवार १९ मध्ये १८ जना नेपाली नागरिक हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७