त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना


२०८१ श्रावण ९ बुधबार ०५:५५ बजे

काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । आज (बुधबार) करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताए । 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विविरण आइसकेको छैन । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७