बोलिभिया सेनाको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु


२०८२ फाल्गुण १६ शनिबार ०८:११ बजे

काठमाडौँ : बोलिभियामा शनिबार बिहान सेनाको हरक्युलिस विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा १५ जनाको मृत्यु भएको र ३० जना घाइते भएका छन्।

विमान देशको केन्द्रीय बैंकको नोट बोकेर गइरहेको थियो। रायटर्सका अनुसार खराव मौसमका कारण विमान अवतरणपछि धावनमार्गबाट चिप्लिएर सडकमा पुगेको थियो। सडकमा दुर्घटना हुँदा करिब १५ वटा गाडीमा क्षति पुगेको जनाइएको छ।

विमान दुर्घटनामा विमान दुई टुक्रा भएको छ भने शव सडकभर फैलिएको छ। दुर्घटनास्थलमा बैंकका नोट पनि छरपस्ट रहेको बताइएको छ।

दुर्घटनापछि एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। स्थिति नियन्त्रणमा लिनका लागि स्थानीय अधिकारीहरूले पानी र अश्रु ग्यासको प्रयोग गरेको जानकारी दिइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७