कोलम्बियामा विमान दुर्घटना, कम्तीमा ९० जनाको मृत्यु


२०८२ चैत १० मंगलबार ०६:१६ बजे

काठमाडौँ : कोलम्बियाको दक्षिण–पश्चिमी पुएर्टो लेगुइजामो क्षेत्रमा सैनिक विमान दुर्घटना भएको छ। बीबीसीका अनुसार, दुर्घटनामा कम्तीमा ९० जनाको ज्यान गएको छ।

कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीको जानकारीअनुसार, ११० जना सवार विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो। केही यात्रु घाइते भएका थिए र उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन र थप अनुसन्धान जारी छ। थप विवरणहरू आउन बाँकी छन्।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७