विमान दुर्घटनामा परी लिबियाका सेनाप्रमुखको मृत्यु


२०८२ पौष ९ बुधबार १३:२६ बजे

काठमाडौँ : विमान दुर्घटनामा परी लिबियाका सेनाप्रमुख जनरल मोहम्मद अली अहमद अल हद्दादको मृत्यु भएको छ ।

टर्कीको राजधानी अंकाराबाट मंगलबार साँझ उडेको फाल्कोन ५० विमान दुर्घटनामा पर्दा सेनाप्रमुख अलीसहित पाँचजनाको मृत्यु भएको हो ।

टर्कीका गृहमन्त्री अली यर्लिकायाले टेक अफ लिएको ४२ मिनेटपछि विमानको सिग्नल गायब भएको बताएका छन् । सम्पर्क विच्छेद हुनअघि यस विमानले आपतकालीन अवतरणको अनुमति मागेको थियो । त्यसपछि अंकाराको दक्षिण–पश्चिममा विमानका टुक्राहरु फेला पर्‍यो ।

लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दवेइबाहले दुर्घटनाले देशमा ठूलो क्षति निम्त्याएको बताए । ‘इमानदारीपूर्वक र समर्पणका साथ देश सेवा गर्नेहरुलाई लिबियाले गुमाएको छ । यो अपूरणीय क्षति हो,’ उनले भने ।

दुई देशबीचको सैन्य सहकार्यलाई सुदृढ गर्ने विषयमा वार्ता गर्नका लागि जनरल अलि टर्की गएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७