दुई महिना नपुग्दै रसुवाका सिडिओ परियार फिर्ता बोलाइए, पाण्डे रसुवा जाँदै


२०८३ भदौ २१ आइतबार १८:१० बजे
नरेन्द्र परियार र कमलप्रसाद पाण्डे

काठमाडौं : गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नरेन्द्र परियारलाई जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै मन्त्रालयमा फिर्ता बोलाएको छ । परियारको स्थानमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।

परियारको सरुवा भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले पुष्टि गरेका छन् । उनका अनुसार यो नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत भएको सरुवा हो । रसुवामा बाढीपछि विपद् व्यवस्थापन, खोज तथा उद्धार र राहत वितरणमा जिल्ला प्रशासन कार्यालय प्रभावकारी हुन नसकेको आरोपका कारण परियारलाई फिर्ता बोलाइएको हो कि भन्ने प्रश्नमा अधिकारीले त्यसको खण्डन गरे । उनले कर्मचारीको सरुवा १०–१५ दिनमै पनि हुन सक्ने भन्दै परियारको सरुवालाई कार्यसम्पादनसँग जोडेर हेर्न नहुने बताए । ‘यो नेपाल सरकार र गृह मन्त्रालयको नितान्त आफ्नै निर्णय हो,’ उनले भने, ‘मन्त्रालयले आधिकारिक रूपमा कुनै कारण नखुलाएको अवस्थामा कार्यसम्पादनसँग जोडेर हल्ला फैलाउनु उचित हुँदैन ।’

परियार आइतबार रसुवामै रहेपनि सोमबार रमाना लिएर गृह मन्त्रालय जाने अधिकारीले बताए । यसैगरी, नवनियुक्त सिडिओ पाण्डे पनि सोमबारसम्म रसुवा पुगेर कार्यभार सम्हाल्ने तयारीमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७