ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन


२०८१ असार ३ सोमबार ०६:४२ बजे

मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । २०८० माघ १० गते ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।

नेपाली कांग्रेसबाट निर्वाचित गच्छदार पार्टीको बैठकमा सहभागी भएका बेला उनि एक्कासी ढलेका थिए । उपसभापति माझीका अनुसार गच्छदारको भोलि अन्तिम संस्कार गरिनेछ । चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमा थिए । उपाध्यक्ष गुणवतीदेवी थारूले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेकी छिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७