टी–२० विश्वकप : ओमान इङल्याण्डसँग पराजित

काठमाडौं । टी–२० विश्वकपमा ओमान इङल्याण्डसँग पराजित भएको छ । आज बिहान भएको खेलमा इङल्याण्डले ओमानलाई ८ विकेटले हराएको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इङल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका जोस बट्लरले नटआउट २४ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३ ओभर र बलमा ४७ रन मात्र बनाएको थियो । समूह ‘सी’ मा इङल्याण्डको यो पहिलो जित हो । इङल्याण्ड ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । ओमानको भने यो चौथो खेल हो । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको ओमान अहिलेसम्म अङ्कविहीन रहेको छ ।