आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा


२०८० चैत १३ मंगलबार १५:०७ बजे

काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा भएको छ । सरकारले महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ । भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयमा तीन जना सहसचिवलाई भित्राइएको छ । सहसचिव ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायणप्रसाद सापकोटा अर्थमा भित्रिएका छन् । तर, उनीहरुलाई अर्थले भने अझै जिम्मेवारी तोकिसकेको छैन

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७