संघीय शिक्षा र निजामती सेवा विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक र निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक संसदमा पेस गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेस गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० पनि स्वीकृत गरेको छ ।
.gif)

.png)

