इरानका राष्ट्रपतिलाई साउदी भ्रमणको निम्तो


२०७९ चैत ६ सोमबार ०६:५१ बजे

काठमाडौं । साउदी अरेबियाले इरानका राष्ट्रपति इब्राहिम राइसीलाई औपचारिक भ्रमणको निम्तो पठाएको तेहरानले जनाएको छ । करिब एक हप्ताअघि मार्च १० मा मात्रै साउदी र इरानबीच चीनको मध्यस्थतामा सम्बन्ध विस्तारको ऐतिहासिक सम्झौता भएको थियो । साउदीका राजा सलमानबाट भ्रमणको निम्तो आएको भनिए पनि साउदी अधिकारीहरूले भने यसको पुष्टि गरेका छैनन् ।

एक वरिष्ठ इरानी अधिकारी मोहम्मद जमशिदीले साउदीको राजधानी रियाद भ्रमणको निमन्त्रणाबारे ट्विट गर्दै राइसीले यो कदमको स्वागत गरेको बताइएको छ । साथै इरान सम्बन्ध विस्तार गर्न तत्पर रहेको बताएका छन् । यस्तै, इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानले पत्रकारहरूसँग बोल्दै दुवै देश विदेशमन्त्री स्तरीय बैठकका लागि सहमत भएको जनाएको छ । बैठकका लागि सम्भावित तीनवटा स्थान प्रस्ताव गरिएको बताएका छन् ।

चीनको मध्यस्थकर्तामा इरान र साउदीबीच कुटनीतिक सम्बन्ध पुर्नस्थापित गरेपछिका दिनमा दुई देशबीचको सम्बन्ध झनै नजिकिँदै गएको छ । दुवै देशले दुई महिनाभित्र एकअर्काको देशमा दूतावास खोल्ने बताएका छन् ।

वर्षौको तनावपछि सन् २०१६ को जनवरीमा तेहरानस्थित साउदी दूतावासमा भएको दंगापछि दुवै देशबीचको कुटनीतिक सम्बन्ध समाप्त भएको थियो । साउदी समर्थित लडाकुहरूलाई इरान समर्थित सशस्त्र समूहविरुद्ध खडा गरेर उत्पन्न भएको सशस्त्र द्वन्द्वपछिको डेढ दशक यो क्षेत्रका धेरैजसो भागमा द्धन्द्ध चर्किएको थियो ।

यमनमा इरान समर्थित विद्रोहीहरूलाई परास्त गर्न साउदी नेतृत्वको गठबन्धनमा रहेको सैन्य अभियानले संसारको सबैभन्दा खराब मानवीय संकट निम्त्याएको थियो । सिरियामा इरानले राष्ट्रपति बसर अल असदलाई समर्थन गरेको थियो । उनले आफ्नो सेनालाई साउदी अरब र अन्य खाडी देशहरूद्वारा समर्थित विद्रोहीहरूविरुद्ध उतारेका थिए । बीबीसी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७