काठमाडौँमा गाडीले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु


२०७९ चैत ५ आइतबार ०६:२७ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा ना ३ ख ६०६४ नंको गाडीको ठक्करबाट शनिबार साँझ पैदल यात्रीको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए ।

यसैबीच काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छन् । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७