कर्णालीका नव नियुक्त उद्योगमन्त्री शाहीको आज सपथ


२०७९ श्रावण २९ आइतबार ०६:२७ बजे

सुर्खेत । कर्णाली प्रदेश,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनी गत बिहीबार मन्त्री बनेका थिए ।

सपथ आज बिहान ११ बजे हुनेछ । यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७