संसदमा अर्थमन्त्रीले जवाफ दिने, एमाले अवरोधको तयारीमा


२०७९ असार २ बिहीबार १५:३३ बजे

काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री देउवाले रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोगको कार्यलयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

त्यस्तै जनार्दन शर्माले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि जवाफ दिने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्ष एमालेले अर्थमन्त्रीले बजेट तयार पार्ने क्रममा अनाधिकृत व्यक्तिहरू प्रवेश गराएर कर, राजश्व र भन्सारका दर निर्धारण गरेको भन्दै अर्थमन्त्रीको विरोध गरिरहेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा पनि अर्थमन्त्री बोल्दा एमाले सांसदहरुले संसद अवरोध गर्ने तयारी गरेका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको बैठकमा अर्थमन्त्रीको जवाफ दिने बेला आफूहरुले विरोध गर्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७