चाल्नेखोलाले बगाउँदा सिन्धुलीमा युवतीको मृत्यु

सिन्धुली, ३ कातिक । सिन्धुलीको फिक्कल गाउँपालिका–५ मा बाढीले बगाउँदा एक जना किशोरीको मृत्यु भएको छ । फिक्कल गाउँपालिका –४ खाङसाङ निवासि गनबहादुर भुजेलकी २२ वर्षीया छोरी सबिता भुजेलको मृत्यु भएको हो ।
फिक्कल गाउँपालिका–५ जाङजाङस्थित मामा घरबाट टीका लगाइ खाङसाङ आफ्नो घर फर्कने क्रममा चाल्ने खोलामा आएको बाढीले बगाउँदा भुजेलको मृत्यु भएको हो । उनलाई सोमबार साँझ खोलाले बगाएको थियो । केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीले बगाएको भुजेलको शव करिब डेढ किलोमिटर तलबाट स्थानीयले निकालेका थिए ।