काठमाडौंसहित आज २७ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह


२०७८ असार २६ शनिबार १०:०३ बजे

काठमाडौं, २६ असार । मनसुनी वायुको कारण आज (शनिबार) पनि देशका धेरै ठाउँमा बर्षाको सम्भावना छ । आज देशका धेरै ठाउँमा बर्षाको सम्भावना भए पनि तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज पनि देशभर वर्षा जारी रहने भएकाले विभिन्न स्थानमा बाढी, डुबान तथा पहिरो जस्ता विपद् हुने जोखिम रहेको मौसमविद्ले बताएका छन् । यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज विशेष गरी काठमाडौंसहित २७ जिल्लामा जोखिमपूर्ण बाढी आउने सम्भावना औंल्याउँदै सचेत रहन आग्रह गररेका छन् ।

महाशाखका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सखुंवासभा, ओखलढुंगा, मोरङ, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं, नुवाकोट, रसुवा, लमजुङ, गोरखा, नवलपुर, सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख, दार्चुला, बझाङ, कञ्चनपुर, कैलाली, डोटी, अछाम र डडेल्धुरामा आज बाढीको मध्यम जोखिम छ ।

सूचनामा भनिएको छ : आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे भई बहने केही स–साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौं ।’

हेर्नुस् बाढी पूर्वानुमान सूचना

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७