प्रदीप नेपालको साथ प्रचण्ड–माधव नेपाललाई


२०७७ पौष ८ बुधबार २३:४३ बजे

काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रदीप नेपालले प्रचण्ड–नेपाल समूहलाई साथ दिने भएका छन् । पार्टी विभाजनको विषयमा मौन बस्दै आएका नेता नेपाल पार्टी विभाजनपछि प्रचण्ड–नेपालको पक्षमा उभिएका हुन् ।

नेता नेपालले प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी वैठकको माइन्यूटमा समेत हस्ताक्षर गरेको स्रोतले जानकारी दिएको छ ।

पार्टी विभाजनअघि माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु प्रदीप नेपालको निवासमै गएर पार्टीभित्रको आन्तरिक समस्याका बारेमा सल्लाह–सुुझाव समेत माग्दै आएका थिए ।

प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भइसकेको छ । नेपाल पुराना र प्रभावशाली कम्युनिष्ट नेता हुन् । भूमिगत माले र एमालेमा उनी कुशल संगठनका रुपमा चिनिन्छन् । नेता प्रदीप नेपाल स्वास्थ्य समस्याका कारण राजनीतिमा सक्रिय रुपमा लागेका छैनन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७