‘ग्रेटर नेपाल’ का अध्यक्ष फणिन्द्र नेपाललाई अदालतमा बुझाइँदै


२०७६ बैशाख १३ शुक्रबार १२:३९ बजे

काठमाडौं, १३ बैसाख । पक्राउ परेका ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ का अध्यक्ष फणिन्द्र नेपाललाई अदालतमा बुझाइने भएको छ । बैंकिङ कसुरमाथि गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा दोषी देखिएपछि उनलाई अदालतमा बुझाउन लागिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाललाई नरेशकुमार न्यौपानेले दिएको जाहेरीको आधारमा वैशाख १० गते निवासबाटै पक्राउ गरेको थियो । ‘मुद्दा अगाडि बढाउनुभन्दा पहिला बैंकबाट पैसा बुझे–नबुझेको कागजपत्रहरु झिकाएर अनुसन्धान गरिरहेका छौं,’ परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भने ।

‘यो मुद्दा फौजदारी हो । त्यसैले थुनामा राखेर अनुसन्धान भइरहेको छ । चेक बाउन्स भइसकेपछि दोषी को हो भनेर भनिराख्न पर्दैन,’ डिएसपी बोगटीले भने ।

प्रहरीले अनुसन्धानका लागि नेपाललाई ७ दिनको थप म्याद थपेको छ । अनुसन्धानपछि प्रमाणका आधारमा उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । नेपालले २०७५ मंसिर २१ गते नरेशकुमार न्यौपानेलाई ६ लाख रुपैयाँको चेक दिएको र त्यो बाउन्स भएपछि न्यौपानेले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बैंक कसुरमा दोषी प्रमाणित भए तीन महिनादेखि ६ महिना जेल सजाय र विगो बराबरको अतिरिक्त रकम पीडितलाई भराउने व्यवस्था छ ।

यसैबीच नेपालले आफूलाई फसाइएको दावी गर्दै आएका छन् । पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो राष्ट्रवादी आन्दोलन कमजोर पार्न आफूलाई षड्यन्त्रमुलक ढंगले पक्राउ गरिएको दावी गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७