ऊर्जा नीतिका लागि मन्त्री श्रेष्ठले गठन गरे उच्चस्तरीय समिति


२०८३ मङ्सिर १० बिहीबार १६:४९ बजे

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी आवश्यकता र सम्भावनालाई समेटेर नीति तयार गर्न उच्चस्तरीय समिति गठन गरेका छन् ।

मन्त्री श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिले राष्ट्रिय ऊर्जा नीतिको मस्यौदा २१ दिनभित्र तयार गर्ने भएको छ ।

समितिमा ऊर्जा क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधि र विज्ञहरू पनि समेटिएका छन् ।

सरकारले समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी पेस गर्न कार्यादेश दिएको छ । समितिले मुलुकको ऊर्जा क्षेत्रको अवस्था र भविष्यका आवश्यकतालाई विश्लेषण गर्दै आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत दिशा तय गर्नेछ ।

नयाँ नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापारलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउने सरकारको तयारी छ । साथै, दीर्घकालीन ऊर्जा विकासका लागि स्पष्ट नीतिगत आधार तयार गर्ने लक्ष्य राखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७