ऊर्जा व्यापार र जलविद्युत आयोजनाबारे नेपाल–भारत छलफल


२०८३ कार्तिक १८ बुधबार १७:२८ बजे

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच ऊर्जा सहकार्यका विषयमा छलफल भएको छ ।

ऊर्जा मन्त्रालयमा बुधबार भएको शिष्टाचार भेटमा दुई देशबीच विद्युत् व्यापार विस्तार, जलविद्युत् आयोजनाको निर्माण, विपद् प्रतिकार्य तथा पूर्वसूचना प्रणालीलगायत विषयमा कुराकानी भएको हो ।

भेटमा मन्त्री श्रेष्ठले नेपालले हालै सामना गरेका विपद्का बेला सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए । 

उनले दुई देशबीच विद्युत् व्यापार बढाउन, नेपालमा सञ्चालित जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न भारतसँग आग्रह गरे ।

जवाफमा भारतीय विदेश सचिव मिश्रीले ऊर्जा क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताए ।

भेटमा ऊर्जा सचिव डा. जगदीश्वर कर्माचार्यसहित मन्त्रालयका अधिकारी सहभागी थिए । भारतीय पक्षबाट नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७