गोरखामा सांस्कृतिक विवाह गर्दै गृहमन्त्री गुरुङ


२०८३ मङ्सिर १० बिहीबार १८:५२ बजे
फाइल फोटो

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले वर्षौँअघि अदालतमा गरेको विवाहलाई अब सांस्कृतिक विधिअनुसार पूर्णता दिने तयारी गरेका छन् ।

गृहमन्त्री निकटस्थ स्रोतका अनुसार उनले आगामी मंसिरमै पारिवारिक उपस्थितिमा परम्परागत रूपमा विवाह गर्ने योजना बनाएका हुन् । स्रोतका अनुसार गुरुङको विवाह मंसिर १७ वा १८ गते हुन सक्ने सम्भावना छ ।

विवाह गृहमन्त्री गुरुङको गृहजिल्ला गोरखामा दुवै परिवारका सदस्यको उपस्थितिमा गर्ने तयारी भइरहेको बताइएको छ ।

गुरुङले विवाहका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निम्तोसमेत दिइसकेका छन् । उनले बुधबार लामिछानेलाई निवासमै पुगेर भेटेका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि विवाहमा निमन्त्रणा गर्ने गृहमन्त्रीको तयारी छ । त्यसका लागि प्रधानमन्त्रीको समय मिलाउने प्रयास भइरहेको निकटस्थ स्रोतले जनाएको छ ।

गुरुङले करिब ७–८ वर्षअघि नै अदालतमा विवाह गरेका थिए । विवाहपछि उनकी पत्नी अमेरिका गएकी थिइन् । केही समयअघि मात्रै उनले अमेरिकाको बसाइ स्थायी रूपमा त्यागेर नेपाल फर्किएको बताइएको छ ।

गुरुङ दम्पतीका अहिलेसम्म सन्तान छैनन् । गृहमन्त्री बनेपछि सांस्कृतिक विधिअनुसार विवाह गर्ने र त्यसपछि सन्तानको योजना बनाउने तयारीमा गुरुङ रहेको स्रोतको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७