राष्ट्रिय खेलकुदमा आज क्रिकेटदेखि बक्सिङ र पौडीसम्मका खेल
काठमाडौं : १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेस्रो दिन आज बिहीबार आठ खेल विधामा प्रतिस्पर्धा हुँदैछ । कर्णाली प्रदेशमा जारी प्रतियोगिताअन्तर्गत सुर्खेत, बाँकेको नेपालगञ्ज र बर्दियामा विभिन्न खेल सञ्चालन हुनेछन् ।
खेल तालिकाअनुसार सुर्खेतमा मात्रै ६ खेल विधाका प्रतिस्पर्धा हुनेछन् । बाँकेको नेपालगञ्जमा पौडी र बर्दियामा टेनिसका खेल आयोजना गरिनेछ ।
सुर्खेतको वीरेन्द्रनगर रंगशालामा महिला क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।
यही रंगशालामा महिला बास्केटबलको प्रतिस्पर्धा पनि बिहान ९ बजेदेखि हुनेछ ।
वीरेन्द्रनगरस्थित मुख्य रंगशालामा पुरुष फुटबलका दुई खेल तय भएका छन् । पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
त्यस्तै, सुर्खेतको कालुन्चोक मैदानमा बिहान ९ बजेदेखि पुरुष क्रिकेटका खेल हुनेछन् । मुख्य कभर्डहलमा मध्यान्ह १२ बजेदेखि बक्सिङका प्रतिस्पर्धा सुरु हुनेछन् भने मिनी कभर्डहलमा जिम्न्यास्टिकका खेल सञ्चालन हुनेछन् ।
बाँकेको नेपालगञ्जमा बिहान ९ बजेदेखि पौडीका प्रतिस्पर्धा हुनेछन् । बर्दियामा भने आज टेनिसका खेल आयोजना गरिने खेल तालिकामा उल्लेख छ ।
गत मंगलबार (८ मंसिर) बाट सुरु भएको प्रतियोगिताका खेल विभिन्न स्थानमा सञ्चालन भइरहेका छन् ।
.gif)

.png)




