बोलेरो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते
काठमाडौं : नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
बुधबार राति करिब ९ बजे लु२च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु२त २४१७ नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको हो ।
दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
.gif)

.png)




