राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमा
काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको समाप्तिसम्म बागमती प्रदेश पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
वीरेन्द्रनगरस्थित रंगशालामा बुधबार भएका खेलपछि बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल १९ पदक जितेको छ ।
६ स्वर्ण, १ रजत र २ कास्य गरी ९ पदक जितेको एनआरएनए दोस्रो स्थानमा छ । नेपाल प्रहरीले ३ स्वर्ण, ७ रजत र ८ कास्य गरी १८ पदकसहित तेस्रो स्थान ओगटेको छ ।
नेपाली सेनाले पनि २ स्वर्ण, ८ रजत र ८ कास्य गरी १८ पदक जितेको छ । कुल पदक संख्या समान भए पनि स्वर्ण पदक बढी जितेका कारण नेपाल प्रहरी सेनाभन्दा अगाडि रहेको छ ।
सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजत गरी ३ पदक जित्दा कोशी प्रदेशले १ स्वर्ण प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो दिनसम्म एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेस प्रदेशले भने पदक जित्न सकेका छैनन् ।
.gif)

.png)




