सम्पर्कविहीन १४ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन ‘अल्टिमेटम’
काठमाडौं : लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारणसहित उपस्थित हुन भनेको हो । बिहीबार जारी सूचनामा बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खुलाएर सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को देहाय (२) बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत ती कर्मचारी कार्यालयको सम्पर्कमा आएका थिएनन् ।
लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका उनीहरूलाई सम्पर्कमा ल्याउन सामूहिक रूपमा सार्वजनिक सूचना जारी गरिएको प्रहरीले जनाएको छ ।
हेर्नूहोस् सूचनाः

.gif)

.png)




