अधिकांश क्षेत्रमा मौसम सफा रहने, तराईमा हुस्सु कायमै


२०८३ मङ्सिर १० बिहीबार ०८:३० बजे
फाइल फोटो

काठमाडौं : देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका अधिकांश क्षेत्रमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ ।

बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा बिहान हुस्सु तथा तुवाँलो देखिएको महाशाखाले जनाएको  छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ । देशका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार भोलि बिहान काठमाडौँ उपत्यका र खोँचका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७