बाजुराकी २० वर्षीया महिलालाई प्रसूति जोखिमबाट बचाउन हवाई उद्धार


२०८३ मङ्सिर १० बिहीबार ०९:२८ बजे

काठमाडौं : जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ । राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो ।

बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती र सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जोखिमपूर्ण प्रसूति अवस्थाका महिलाको जीवन रक्षा गर्नुका साथै मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७