आजदेखि सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद

पाँच खेलको प्रतिस्पर्धा सुरु


२०८३ मङ्सिर ८ मंगलबार १०:०२ बजे

काठमाडौं :  दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धात्मक खेल आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि पाँच खेलका प्रतिस्पर्धा त्यसअघि नै सुरु हुन लागेका हुन् ।

आजदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेल सञ्चालन हुनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुमका साथै लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा सञ्चालन हुनेछन् ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुँदैछन् । कुल ३८४ इभेन्ट्समा १ हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

यस संस्करणदेखि रजत र कांस्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । मंसिर २७ गते प्रतियोगिता समापन गर्ने तालिका छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७