धरानमा भारतीय गाडीबाट ४९९ किलो गाँजा बरामद


२०८३ मङ्सिर ६ आइतबार १६:०८ बजे

सुनसरी : प्रहरीले धरानबाट ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बीआर ११ वाई ३०३९ नम्बरको गाडीसहित विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई पक्राउ गरेको हो ।

गाडी खानतलासी गर्दा ४९९ किलो तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

धरान उपमहानगरपालिकाबाट इटहरीतर्फ जाँदै गरेको उक्त गाडीलाई शनिबार राति सेउती पुलमा नियमित जाँच गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीले शनिबार राति नै सुनसरीको दुहबी नगरपालिका–७ बाट २१ किलो ९८० ग्राम गाँजासहित धरान उपमहानगरपालिका–२० का २१ वर्षीय गौरव राईलाई पक्राउ गरेको थियो ।

दुवै घटनामा बरामद गाँजाको परिमाण जोड्दा ५२० किलो ९८० ग्राम हुन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७