पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी


२०८३ मङ्सिर ६ आइतबार १६:३४ बजे

काठमाडौं : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकारीले जानकारी दिए ।

उनका छोरा दीक्षान्त भने अहिले सीआईबीको हिरासतमा छन् । उनी गत कात्तिक १६ गते पक्राउ परेका थिए । बानियाँ र उनका छोरामाथि प्रभु बैंकबाट ३४ करोड रुपैयाँ ऋण लिएर निर्धारित प्रयोजनभन्दा अन्यत्र खर्च गरेको आरोप छ ।

बानियाँ निर्माण सेवा प्रालि, भूगर्भ सिमेन्ट कम्पनी र बानियाँ सप्लायर्स प्रालिका नाममा उक्त कर्जा प्रवाह भएको थियो । सीआईबीका अनुसार एउटा प्रयोजनका लागि लिइएको कर्जा अन्य प्रयोजनमा खर्च गरिएको पाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७