सुदूरपश्चिमले उचाल्यो एनपीएलको उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन


२०८३ मङ्सिर ५ शनिबार २०:०२ बजे

काठमाडौं :  साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सानदार जित निकाल्दै सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन बनेको हो ।

लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै लामो प्रतीक्षाको अन्त्य गरेको छ । यससँगै एनपीएलका तीनवटै संस्करणमा फरक–फरक टोली च्याम्पियन बनेका छन् ।

पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो संस्करणमा पनि उपाधि नजिक पुगेको सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो ।

तेस्रो संस्करणको उद्घाटन खेल र लिग चरणमा समेत लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै पुरानो हारको बदला लिएको छ ।

लगातार तीन पटक फाइनल पुगेपछि अन्ततः उपाधि जित्न सफल सुदूरपश्चिमका लागि यो ऐतिहासिक उपलब्धि बनेको छ । यता, सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनीको लगातार दोस्रो पटक उपाधि जित्ने सपना अधुरै बनेको छ । लगातार दुई संस्करण च्याम्पियन बन्ने अवसर गुमाएको लुम्बिनीले यसपटक उपविजेतामा चित्त बुझाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७