पपुलिस्ट शक्तिलाई रोक्न लोकतान्त्रिक दल एकजुट हुनुपर्छ : बादल


२०८३ मङ्सिर ३ बिहीबार १४:३५ बजे

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा अवधारणापत्र प्रस्तुत गर्दै उनले पपुलिस्ट शक्तिलाई पराजित गर्न लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताएका हुन् । 

विगतका निर्वाचनमा लोकतान्त्रिक शक्तिबीच सहकार्य हुन नसक्दा पराजय बेहोर्नुपरेको उनको निष्कर्ष छ । बादलले आगामी निर्वाचन पनि पपुलिस्ट तथा फासीवादी शक्ति र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको संघर्ष हुने दाबी गरेका छन् । 

पपुलिस्ट शक्तिहरू स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा र राष्ट्रपति पदका निर्वाचनमा समेत प्रभाव विस्तार गर्ने रणनीतिमा रहेको उनको विश्लेषण छ ।

उनले लोकतान्त्रिक शक्तिहरूले आफ्ना कमजोरी सच्याउँदै आपसी एकता सुदृढ गर्नुपर्ने बताएका छन् । 

विगतमा मुख्य प्रतिस्पर्धीविरुद्ध सहकार्य गर्दा र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दा जित हासिल भएको उनको भनाइ छ ।

‘जब हामी नेतृत्वको वरिपरि गोलबन्द भएका छौँ, तब हामी हाबी भएका छौँ । जब नेतृत्वका विरुद्ध उभिएका छौँ, तब हामी दुवै हारेका छौँ,’ बादलले अवधारणापत्रमा उल्लेख गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७