नेपाल–खनाल समूहको स्थायी कमिटी वैठक शुरु, राष्ट्रिय कार्यकर्ता भेलाको समीक्षा हुँदै


२०७७ चैत ५ बिहीबार १६:२३ बजे

काठमाडौं, ५ चैत । नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहको स्थायी कमिटी वैठक ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको छ ।

बुधबारदेखि शुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाको समापनअघि यसको समीक्षा गर्न वैठक बसेको हो । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भेलाको समीक्षा र त्यहाँ आएका सुझावका आधारमा आगामी कार्ययोजनाबारे छलफल गर्न बैठक बसेको हो ।

बुधबारदेखि ललितपुरमा शुरु एमालेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता नेपालले अवधारणा पत्र पेस गरेका थिए । यस्तै बिहीबार बिहान मात्रै यो समूहको सांसदहरुको पनि बैठक बसेको थियो ।

यसैबीच बिहीबार दिउँसो बालुवाटारमा सम्पन्न नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।
संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७