नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सोमबार बिहान करिब १०ः५५ बजे बा ९९ प ८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ घाइते भएका थिए ।
मोटरसाइकलमा सवार विदुर नगरपालिका–१३ की ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगर पनि घाइते भएका थिए ।
तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको छ ।
.gif)

.png)




