मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुससहित केही कर्मचारी पक्राउ
काठमाडौं : भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
घुस लेनदेन भइरहेको सूचनाका आधारमा अख्तियारको टोली प्रहरीसहित नगरपालिकामा पुगेको थियो । त्यसक्रममा केही कर्मचारी मोटो रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले केही व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
पक्राउ परेकाहरूको नाम र बरामद रकमलगायतका विवरणबारे मुचुल्का तयार गर्ने काम भइरहेको उनले बताए । विस्तृत विवरण केहीबेरमा सार्वजनिक गरिने उनको भनाइ छ ।
.gif)

.png)




