इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


२०८३ कार्तिक २२ आइतबार ०८:४३ बजे

काठमाडौं : सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक गएराति भएको दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ गइरहेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

राति पौने १२ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७