माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड बिगो मागदाबी


२०८३ कार्तिक १७ मंगलबार १३:४४ बजे

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङस्थित रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो । आयोगले प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ ।

मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री डा. मीनेन्द्र रिजाल र तत्कालीन भूमिसुधार मन्त्री डम्मर श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । त्यस्तै, तत्कालीन मुख्यसचिव स्वर्गीय माधव घिमिरेकी छोरी कमला घिमिरेलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी तथा उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल र हरिराज पन्तलाई पनि प्रतिवादी बनाएको छ ।

त्यस्तै, डा. अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलासहितका कर्मचारीविरुद्ध पनि मुद्दा पेस गरिएको छ ।

भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्की पनि प्रतिवादी छन् ।

यसैगरी, मालपोत कार्यालयका तत्कालीन अधिकृतहरूसहित ९७ जनालाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७