इनम सापकोटा प्रकरणपछि बिदामा बसे न्यायाधीश हरि फुयाल


२०८३ कार्तिक १७ मंगलबार १४:०८ बजे
फाइल फोटो

काठमाडौं : इनम सापकोटा प्रकरणको विवादमा मुछिएपछि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल विदामा बसेका छन् । उनी तिहार बिदापछि मात्रै अदालत फर्किने भएका छन् । उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका छन् ।

न्यायाधीश फुयालले आगामी ३० कात्तिकमा अदालतमा हाजिर हुनेगरी बिदा लिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । शुक्रबारपछि तिहार बिदा सुरु हुने भएकाले उनी तिहार बिदा सकिएपछि मात्रै अदालत फर्किनेछन् ।

उच्चपदस्थ अधिकारीहरूसँग सेटिङको प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग न्यायाधीश फुयालले होटल हिमालयमा भेटेको विवरण सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।

उक्त विवरण सार्वजनिक भएसँगै न्यायाधीश फुयालको भूमिकामाथि प्रश्न उठेको थियो । त्यसपछि उनले सापकोटासँगको भेटका कारण आफूले सुनुवाइ गरिरहेका विचाराधीन मुद्दाहरू प्रभावित नभएको स्पष्टीकरण दिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७