इमरान शेखको अर्धशतक : लोकेशसँग शतकीय साझेदारी
काठमाडौं : विराटनगर किंग्सका इमरान शेखले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि वान डाउनमा आएका इमरानले ४० बलमा ५ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्।
ओपनर शान जयासूर्या टिमको स्कोर २ रन हुँदा आउट भएपछि क्रिजमा आएका इमरानले अर्का ओपनर लोकेश बमसँग मिलेर शतकीय साझेदारी गरेका छन् । जारी संस्करणमा यो पहिलो शतकीय साझेदारी हो ।
एनपीएल इतिहासमा भने यो १४औँ शतकीय साझेदारी हो । पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ६ पटक शतकीय साझेदारी भएको थियो ।
विराटनगरका खेलाडीले एनपीएलमा गरेको यो दोस्रो शतकीय साझेदारी हो । यसअघि दोस्रो संस्करणमा लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए । यो एनपीएलमा विराटनगरको अहिलेसम्मकै उच्च साझेदारी हो ।
एनपीएल इतिहासकै सर्वाधिक साझेदारीको कीर्तिमान भने पोखरा एभेन्जर्सका आन्द्रे गौस र दिनेश खरेलको नाममा छ । उक्त जोडीले लुम्बिनीविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेको थियो ।
.gif)

.png)




