सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशीको मृत्यु


२०८३ कार्तिक १७ मंगलबार ०९:०७ बजे

काठमाडौं : सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुई हेलिकोप्टरका पंखा आपसमा ठोक्किएको जानकारी आएको बताए ।

घटनाबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७